ताप्लेजुङ/ नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर रुईतलाई फुङलिङमा नागरिक अभिनन्दन गर्ने भएको छ । डाक्टर रुईत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिएका हुन् ।
रुईतको उपस्थितिमा हुने निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।
आँखाका बिरामीको परीक्षण तथा उपचार गर्ने पाउने व्यवस्था गरिएको नेत्र ज्योति सङ्घ ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङमा फागुन १६ गतेबाट नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा हुने तीन दिने निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने भएको छ ।
नेत्र ज्योति सङ्घ ताप्लेजुङले ४ उपसमिति समेत गठन गरेको छ । नेत्र ज्योति सङ्घ ताप्लेजुङ मूल व्यवस्थापन समिति रहने गरी ४ उपसमिति गठन गर्ने निर्णय छ ।
नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा फुङलिङमा शिविर सञ्चालन गर्ने जनाइएको छ ।
आनन्द गौतमको संयोजकत्वमा खगेन्द्र अधिकारी र देवराज गुरुङ सदस्य रहेको प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।
यस्तै युवराज गिरी संयोजक रहेको अतिथि सत्कार उपसमितिमा ज्ञानबहादुर गुरुङ र मित्राकुमारी सुब्बा सदस्य रहेको जनाइएको छ ।
सुरेशकुमार लामा संयोजक रहेको स्वयंसेवक परिचालन उपसमितिमा कुमार श्रेष्ठ र खगेन्द्र नेपाली सदस्य हुँदा निरोज श्रेष्ठ संयोजक रहेको आवास तथा खाद्य व्यवस्थापन उपसमितिमा वाङ्गे शेर्पा र काजीमान गुरुङ सदस्य रहेका छन् ।
विपन्न,असहाय तथा आर्थिक अभावले आँखा उपचारको पहुँचमा पुग्न नसकेका आँखा रोगीहरूलाई आँखा स्वास्थ्य सेवामा केन्द्रित गर्ने उद्देश्य सहित नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले बृहत् अक्षयकोषको अवधारणा अघि सारेको छ ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन तथा आँखा उपचारको पहुँचमा आउन नसकेका व्यक्तिहरूलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गर्न यस्तो अक्षयकोषको अवधारणा अघि सारिएको नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले जनाएको छ ।
जसका लागि शाखा सदस्य देवराज गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।
Discussion about this post