कास्की / कास्कीमा भीरबाट खसेर जर्मन पर्यटकको मृत्यु भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर पोखरा घुम्न आएकी जर्मन नागरिक पिया जोसको मृत्यु भएको हो । शनिबार साँझ पिया भिरबाट खसेको भन्दै उनका साथीले प्रहरीलाई खबर गरेका थिए । उनको शव आज सशस्त्र प्रहरी बलको उद्धार टिमले डोरीको सहायताले निकालेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको अमेरिकी साथीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
Discussion about this post