कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दार्चुला घर भइ त्यहाँ स्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् ।
बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।
अहिले घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जोशीले बताए । वडा कार्यालयको सीसीटीभी फुटेज जाँचसँगै मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post