नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपालक्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ ।
सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो । केन्द्रीय सम्झौतामा रहने खेलाडीले क्यानबाट मासिकतलबपाउने छन् ।
गतवर्ष पुरुषतर्फ १८ र महिलातर्फ १३ जनाले मासिक तलब पाउने गरेकोमा यो वर्ष खेलाडीको संख्या बढाइएको छ भने तलबमानपनि बृद्धि गरिएको क्यानले जनाएको छ ।
क्यानको बैठकले पुरुषतर्फ ३० जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेटेको छ भने महिलातर्फ १९ जना रहेका छन् ।
क्यानकाअनुसार कप्तान रोहितपौडेल, फास्ट बलरद्वय सोमपालकामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथाकुशलभुर्तेल ग्रेड एमा रहेका छन् । ग्रेड एमा रहने खेलाडीले मासिक १ लाख रुपैयाँप्राप्त गर्ने छन् ।
यस्तै ग्रेड बी मा कुशलमल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाशबोहोरा परेका छन् । उनीहरुले मासिक७० हजार रुपैयाँपाउने छन् ।
ग्रेड सी मा विनोद भण्डारी, अर्जुन साउद, प्रतिशजीसी र सन्दीप जोरा परेका छन् । उनीहरुले मासिक ५५ हजार प्राप्त गर्ने छन् ।
यस्तै ग्रेड डी मा विन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाशचन्द, बसिर अहमद र सूर्य तामाङ छन् । उनीहरुले मासिक ३५ हजार पाउने छन् ।
हरेकप्रदेशबाट एक एकजना खेलाडीलाई इमर्जिङ क्याटागोरीमा समेटिएको छ । इमर्जिङ क्याटेगोरीमा कोशीबाट दीपेश कँडेल, मधेशबाट रुपेश सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट विपिनखत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्तधामी रहेका छन् ।
यो क्याटेगोरीमा रहनेहरुले क्यानबाट मासिक २५ हजार रुपैयाँप्राप्त गर्ने छन् । सेन्ट्रल कन्ट्रयाक्ट सन् २०२४ को डिसेम्बर लास्ट सम्मकालागि रहेको छ ।
यसैगरी महिलातर्फ इन्दु बर्मा, रुबिना क्षेत्री र सिता रानामगर ग्रेड ए मा रहेका छन् । ए ग्रेडमा रहनेहरुको मासिकतलब ५० हजार रहने छ ।
ग्रेड बी मा कविताकुँवर मात्र रहेकी छिन् । उनको मासिक ३५ हजार तलबहुने छ । यस्तै, ग्रेड सीमा रहेका पुजामहतो र अस्मिनाकर्मचार्यले मासिक ३० हजार हुँदा ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहेका छन् ।
उनीहरुले मासिक २५ हजार प्राप्त गर्ने छन् । यसैगरी महिलातर्फ ८ जनालाई इमर्जिङ क्याटागोरीमा राखेको छ ।
इमर्जिङ क्याटेगोरीमा रहने सोनीपाख्रिन, खुसी डंगोल, ज्योत्सिनका मरासिनी, कञ्चनश्रेष्ठ, रुविपोदार,सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविण रहेकी छन् । उनहिरुले मासिक २० हजार पाउने छन् ।
यसैगरी, क्यानको बैठकले विभिन्न समितिहरु गठन गरेको छ । प्रतियोगिता समितिको संयोजकमादिवाकर घले रहेका छन् भने प्राविधिक समिति संयोजकमाविक्रम विष्टलाई राखिएको छ । त्यस्तै, विकास समिति संयोजकमाधिरेन्द्र सावद रहेका छन् भने महिलाक्रिकेट विकास समिति संयोजकमाप्रदीपमजगैयाँ रहेका छन् ।
त्यसैगरी नेपाल ‘ए’ टीमको मुख्यप्रशिक्षकमापुर्व कप्तान ज्ञानेन्द्र मल्लतथाप्रशिक्षकमापूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलामअली, साथै यु–१९ महिला टीम प्रशिक्षकको जिम्मेवारी महेश प्रसाद रिजाललाई दिने निर्णय गरिएको छ ।
यस्तै, नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजनाबमोजिम उमेर समूहको प्रतियोगितामा सहभागीहुने खेलाडिहरुको (यु१९ र यु१६) को उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथाअन्य मापदण्ड बनाई उमेर समुहको प्रतियोगितामा सहभागी गराउने वानगराउने सम्वन्धमाआवश्यकनीतितथाकार्यक्रमतयार गरि कडाईका साथकार्यान्वयन गर्ने निर्णय पनिक्यानले गरेको छ ।
नेपालमाआयोजनाहुने आइसीसी यू १९ महिला विश्वकपक्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुपमिसन २०२७अन्तर्गत यु१६ महिलाअन्तर स्कुलक्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम७ वटै प्रदेशहरुमा संचालन गर्ने निर्णय पनि गरिएको क्यानका सचिवपारस खड्काले जानकारी दिए ।
Discussion about this post