इटहरी । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ ।
मोरङको धनपालथान गाउँपालिका-३ सोराभागस्थित गुल्मका प्रमुख डीएसपी बस्याल फागुन २१ गते मृत भेटिएका थिए ।
घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले डीएसपी बस्यालको सुसाइड नोट फेला परेको हो ।
नोटमा बस्यालले ‘राजीखुसीले मृत्युको निर्णय लिएको र घटनामा कसैलाई दोष नलगाउन’ भनेको अनुसन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए ।
अहिले बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।
३८ वर्षीय बस्याल पाल्पाका हुन् । उनको परिवार काठमाडौं बस्दै आएको छ।
Discussion about this post