काठमाडौँ-चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिनुभएकी १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेकाे पुष्टि भएको छ।
यही फागुन १२ गते होस्टलको पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेकी शालिनले लेखेको सुसाइड नोट प्रहरीले फेला परेको थियो।
नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट ‘सुसाइड नोट’ उहाँले नै लेख्नुभएको पुष्टि भएको हो । उनले ‘सुसाइड नोट’ मा लेखेकी छन्, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरें, मेरो मम्मी–बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी !’
Discussion about this post