Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरूले शभापती देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् ।
सोमबार अपराह्न बालुवाटारस्थिति नेपाल हाउसमा कांग्रेसका दुई दर्जन बढी केन्द्रीय सदस्यबीच छलफल भएको थियो ।
पार्टीका केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालाका लागि स्थगित भएपछी नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
छलफलमा केन्द्रीय सदस्यहरू पुष्पा भुषाल, रणबहादुर रावल, गोबिन्द भट्टराई, मीनबहदुर विक, नैनसिंह महर, शान्ती परियार, कुन्दन काफ्ले , चिनकाजि स्रेष्ठ, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली , विद्या तिमिल्सेना, चन्द्र केसी, शुशिला थिंग, रुपा विक, राजिब ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढा, सीता देवकोटा लगायत सहभागी थिए ।
केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार उनीहरुले पार्टीको बृहत्तर हितका लागि भ्रातृ संस्थाहरुको समिति पदाधिकारीसहित ठूलो बनाउने धारणा राखेका थिए । कांग्रेसमा फागुनभित्र पार्टीका भ्रातृ संस्था विस्तार र गठनको तयारी भइरहेको छ । पार्टीका पदाधिकारीहरुले भ्रातृ संस्थामा पदाधिकारी विना कमिटी ल्याउने तयारी थालेका बेला केन्द्रीय सदस्यहरू त्यसको विपक्षमा उभिएका छन् ।
यस्तै केन्द्रीय समितिलाई बाइपास गरेर महत्वका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन र पदाधिकारीको निर्णय गर्ने अभ्यास रोक्नु सभापतिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।
Discussion about this post