इटहरी – आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीन जना बालबालिका खोज्न सशस्त्र प्रहरी बलले आज दिनभर गोताखोर परिचालन गरेर खोजतलास गरेको भए पनि बालबालिकाहरू फेला पर्न सकेनन् ।
आइतबार होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुर र कोसी प्रदेश नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीबाट गएको ११ जना गोताखोरको टोलीले दिनभर सुनकोसी नदीमा खोजतलास गरेको भए पनि फेला पार्न नसकेको गोताखोर टोलीका कमान्डर एव सशस्त्र प्रहरी निरीक्षक उमेश काफलेले प्रदेश खबरलाई बताए ।
डुबेको ठाउँबाट झन्डै २ किलोमिटर सम्म पानीमा पसेर खोजतलास गरेको भए पनि पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक काफलेले बताए ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता थिए ।
उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई भने स्थानीयले सुनकोसी नदीबाट उद्धार गरेका थिए।
Discussion about this post