इटहरी / प्रभु महालक्ष्मी लाईफ लिमिटेड इटहरी शाखाले एक दिने लिडर्स पुर्नताजगी तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
लिमिटेडले आइतबार उपक्षेत्रीय कार्यालय इटहरीमा तालिम सम्पन्न गरेको हो । कार्यक्रममा शाखामा आबद्ध रही काम गर्ने अभिकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
शाखामा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष हासिल गरेका उत्कृष्ट अभिकर्ता लाई व्यवसाय वृद्धि गर्न के कस्ता रणनीति आवश्यक पर्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
कम्पनीले ल्याएको उत्कृष्ट बिमा योजना,जीवन बिमाका आधारभूत सिद्धान्त ,जीवन बिमा अभिकर्ताले पालना गर्नु पर्ने विधि,काम कर्तव्य, बिमाका सामान्य जोखिम, जोखिमाङ्कन गर्ने प्रक्रिया र सर्तहरू,कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कला लगायतका जीवन बिमा सम्बन्धी विविध विषयमा उपक्षेत्रीय प्रमुख जगत नाथ फुयालले सहभागी अभिकर्तालाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै शाखाले विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लाई सम्मान समेत गरेको थियो ।
अन्त्यमा अभिकर्तालाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो हुने बताउँदै शाखा प्रमुख सुरेन्द्र चुडालले कार्यक्रमको समापन गरेका थिए ।
Discussion about this post