ऋषि राई,उदयपुर । जिल्लाको कटारी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ् शिल्ड खेलकुद प्रतियोगिता २०७९ आजदेखि सुरु भएको छ । कटारी नगरपालिकाको आयोजनामा श्री त्रिवेणी मावि कटारी , ४ मा प्रतियोगिता सुरु भएको हो ।
अन्तर विद्यालय स्थानीय तह स्तरीय प्रतियोगिताको उदघाटन गर्दै प्रदेश नम्बर १ का सदस्य रामकुमार खत्रीले मुलुकको सर्वाङ्गिण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “राम्रा खेलाडीहरुलाई राज्यले लगानी गर्न नसक्दा पलायन हुनु परेको अवस्था छ ।”खत्रीले भन्नुभयो –“राज्यतहबाट खेलक्षेत्रमा लगानि गर्न म प्रतिवद्ध छु ।”
त्यसैगरी कार्यक्रमका सभापति नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले खेलक्षेत्रले जीवनलाई नै अनुशासित बनाउने भन्दै नगरको नाम राष्ट्र र अन्र्तराष्ट्रिय स्तरमा प’राउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । “उत्कृष्ट खेल खेल्दै अनुशासन सिकेर राज्यलाई समृद्ध बनाउनु पर्छ ।”मेयर श्रेष्ठले भन्नुभयो ।
त्यसैगरी उपमेयर गीता खड्काले यस प्रतियोगिताले विद्यालयमा लुकेका प्रतिभा उजागर गर्न र खेलको माध्यमबाट देशलाई चिनाउन सकिने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तत्व्य राख्दै त्रिवेणी मावि कटारीका प्रधानाध्यापक वालकृष्ण कार्कीले प्रतियोगिताले विद्यार्थीहरुलाई अनुशासित बनाउने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती लगायत वडाध्यक्षहरु , राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उदघाटन समारोह त्रिवेणी माविका शिक्षक सागर थापाले संञ्चालन गर्नुभएको थियो ।
३ दिनसम्म चल्ने प्रतियोगितामा नगरपालिका भित्रका १८ सामुदायिक तथा नीजि विद्यालयहरुले प्रतिष्पर्धा गर्ने नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले बताउनुभयो । कार्कीका अनुसार भलिवल , कवड्डी , एथलेटिक्स , मार्सल आर्ट , र ऐच्छिक तर्पm रग्वी विधामा छात्र तथा छात्राहरुले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उदघाटनमा विद्यालयका छात्र तथा छात्राहरुले मार्चपास मार्पmत आप्mनो विद्यालयको कौशलहरु प्रदर्शन गरेका थिए । खेल त्रिवेणी मावि तथा टाईगर फिल्डमा संञ्चालन गरिन्दैछ ।
Discussion about this post