सुनसरी / सुनसरीकाे चतरामा कुम्भमेला लाग्ने अवधिभर माछा, मासु तथा मदिराजन्य पदार्थको प्रयाेगमा राेक लगाइएकाे छ ।
जिल्ला प्रशासन कार्यलय सुनसरीले बुधबार एक सुचना जारी गर्दै यहि चैत २३ गतेदेखी जेठ ३ गते सम्म माछा मासु र मदिराजन्य पदार्थकाे विक्री वितरण र प्रयाेगमा राेक लगाएकाे हाे ।
“चतराधाममा यहि चैत २७ गते देखि बैशाख २८ गते सम्म लाग्ने १२ बर्षे पुर्ण कुम्भ मेलाकाे व्यवस्थापनमा शान्ति सुरक्षालाई थप प्रभावारी बनाउन प्राचिन हरिद्वार चतराधाम, कुम्भ स्तम्भ, हनुमान मन्दिर, औलियाबाबा मठ र बराहक्षेत्र मन्दिरको ५०० मिटर वरपरका क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पदार्थको उत्पादन, बिक्रि वितरण, ओसार पसार, भण्डारण तथा सेवन कार्य निषेध गर्ने निर्णय भएको” सुचनामा उल्लेख गरीएकाे छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार कुम्भ मेला लाग्ने स्थानका चार किल्ला (पूर्वमा गौरी खोला, पश्चिममा सप्तकोशी नदी, उत्तरमा रानी खोला र दक्षिणमा इलाका प्रहरी कार्यालय चतरा र बराहक्षेत्र मन्दिरको ५०० मीटर वरिपरी क्षेत्रमा कार्यक्रम शुरुहुनु भन्दा ५ दिन अघि देखी कार्यक्रम समापन भएको ५ दिन पछिसम्म लागु हुने गरी माछामासु तथा मदिराजन्य पदार्थको विक्रि वितरण, ओसार पसार भण्डारण र सेवनमा रोक लगाइएको र अटेर गरेका प्रचलित कानून बमाजिम कारवाही हुने सुचनामा उल्लेख गरीएकाे छ ।
Discussion about this post