झापा । झापामा एक जना महिलाको बलेँसीमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ निवासी ७८ वर्षीया कमलादेवी अधिकारी रहेको प्रहरीले जनाएको छ ।
उच्च रक्तचापको बिरामी भएका कारण बलेँसीमा लड्दा उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरमा एक्लै बस्दै आएकी अधिकारीलाई स्थानीयले बलेँसीमा लडेर मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Discussion about this post