धरान । धरानमा आजदेखि पुष्प प्रदर्शनी मेला सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको उद्घाटन प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गरे । मेलाको उद्घाटन गर्दै मन्त्री सिटौलाले फुल उत्पादनमा सरकारले प्रोत्साहन गर्ने बताए । पुष्प व्यवसायको विकासका लागि सबै पक्ष लाग्नु पर्ने बताउदै मन्त्री सिटौलाले उत्पादन लागत घटाउन र बजार बढाउन लाग्नुपर्ने बताए ।
उनले भने, ‘व्यवसयाीहलाई पैसा दिएर नहुँदो रहेछ । हामीले अनुदान दिएर हे¥यौँ । बैङ्क ब्याजमा सहयोग गर्ने हो की ? के गर्दा हुन्छ ? व्यसायीसँग सल्लाह गरेर उपयुक्त विकल्प ल्याउन प्रदेश सभा सदस्यलाई भनेको छु ।’ उहाँले व्यवसयाीहरुको सल्लाह अनुसार पुष्प व्यवसाय प्रबद्र्धृनका लागि आगामि बजेटमा समावेश गर्ने आस्वासन दिए । धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले पुष्प व्यवसायको विकासमा सहयोग गर्ने बताए । बेघाले भने, ‘धरानलाई फूलको सहर बनाउने अभियानमा पुष्प व्यवसायीको महत्वपुर्ण भूमिका छ ।’
धरानलाई फूलबारीको सहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने मेलाको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपालका सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले बताए । उहाँका अनुसार स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकत दिएर मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएको छ ।
एसोसिएसनका सचिव राजेश राईले मेलामा झापा, मोरङ, इटहरी, तरहरा चतरा, र वाङ्गेलगायतका २८ स्टल राखिएको जानकारी दिए । जसमा २ वटा आर्गानिक सव्जिका स्टलहरु रहेका छन् भने २ वटा विषादीका औषधिका स्टल रहेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य रमेश कुमार बस्नेत र विजय कुमार राई, धरान नगरका कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post