इटहरी – लायन्स क्लबको ३२५ सी अन्तर्गत एरिया ४ का लिडरहरू सँग इलेक्ट डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी सहितको टिमले आज सुनसरीको इटहरीमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
इटहरी स्थित इन टुरिस्ट होटेलमा आयोजित उक्त कार्यक्रममा गभर्नर अधिकारी सहित प्रथम डिस्ट्रिक्ट गभर्नर बबरजङ थापा र द्धितिय डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लीलाप्रसाद चिमरियाको समेत उपस्थिति रहेको ।
आगामी वैशाख ८ गते विराटनगरमा हुन लागेको दोस्रो डिस्ट्रिक्ट कन्भेन्सनको पूर्व सन्ध्यामा उमेद्धवारहरुले एरिया अन्तर्गतका क्लबहरू सँगको भेटघाट तथा अन्तर्क्रियालाई तीव्रता दिएका छन् ।
लायन्स मार्फत इटहरी क्षेत्रमा बढी भन्दा बढी कार्यक्रमहरू कसरी ल्याउन सकिन्छ भनेर अन्तर्क्रिया कार्यक्रममा बृहत् छलफल समेत गरिएको लायन्स डिस्ट्रिक्ट ३२५ सी का जोन चेयर पर्सन मुक्ति घिमिरेले बताए । डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत १५५ ओटा क्लबहरू रहेका छन् ।
Discussion about this post