बर्दिया : बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका ४ कैलाशनगर नयाँबस्ती टोलका २२ वर्षीय अर्जुन सुनार छन् ।
उनलाई बुधवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुनारले ती बालिकालाई गत चैत २१ गते बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post