काठमाडौँ । पिंक केयर एथन २०२४ स्तन क्यान्सर सचेतना र महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरू गर्दै गर्दै सम्पन्न भएको छ ।
लिजर पोर्ट नेपाल प्रालिले नेपाल प्रहरी पत्नी सङ्घसँगको सहकार्यमा महाराजगन्ज प्रहरी प्रधान कार्यालयमा काठमाडौँ पिंक केयर एथन सफलता पूर्वक सम्पन्न भएको हो ।
यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरू बिच स्फूर्तिदायी गतिविधिहरू मार्फत महिला स्वास्थ्य र सशक्तीकरणको लागि आफ्नो आवाज उठाएको थियो ।
कार्यक्रम जुम्बा सत्रसङ सुरु भई, वाकर रनमा अघि बढेको थियो । ३ किमी, ५ किमी, र १० किमीको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो ।
आफ्नो ऊर्जाका साथ यस अवसरलाई सम्मान गर्दै, प्रसिद्ध भारतीय अभिनेता र मोडल जय भानुशालीले काठमाडौँ पिंक केयर एथनको २०२४ संस्करणको सञ्चालन गरेका थिए । जसले कार्यक्रममा थप उत्साह र रोमाञ्चकता थपेको थियो।
प्रत्येक सहभागीले टीसर्टर फिनिश र पदक प्राप्त गरे भने प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई उचित पुरस्कार पनि दिइएको थियो। दौड समापन गर्ने पहिलो पाँच सहभागीहरूले पुरस्कार प्राप्त गरे। त्यस्तै भाग्यशाली सहभागीहरूले प्रशंसाको रूपमा उपहारहरू प्राप्त गरे।
काठमाडौँ पिंक केयर एथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र समग्र जीवन शैलीका लागि गहिरो प्रतिबद्धता व्यक्त गर्छ। २०१७ मा यसको स्थापना भएदेखि, यो वार्षिक कार्यक्रम महिलाहरूको जीवनशैलीमा परिवर्तन ल्याउने आशाको किरण बनेको छ, जसले व्यक्ति र समुदायलाई स्वस्थ र सक्रिय जीवनशैली अँगाल्न प्रेरणा प्रदान गर्छ।
विश्वव्यापी रूपमा कोभिड १९ महामारीले यसका भेलाहरूलाई अस्थायी रूपमा रोक लगाएपनि साझेदारहरू, ब्रान्ड एम्बेसेडरहरू, विज्ञहरू, र विभिन्न क्षेत्रका प्रभावकारहरूको सहकार्यमा, पिंक केयर एथन निरन्तर सक्रिय रहेको छ।
काठमाडौँ पिंक केयर एथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तीकरणको लागिआत्म हेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको शृङ्खला हो ।
Discussion about this post