भोजपुर । भोजपुरमा जारी सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाइनलको तेस्रो खेलमा डाँगीहाट यूथ क्लब, मोरङलाई हराउँदै सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।
डाँगीहाटलाई शून्यको विरुद्ध चार गोल गर्दै सिरहा सेमिफाइनलमा प्रवेश गरेको हो । डाँगीहाट भने खेलबाट बाहिरिएको छ । खेल सुरु भएको २६ र ७५ मिनेटमा जर्सी नं. १० का स्टेफन विनोङले गोल गरे ।
यस्तै सिरहा जसी नं. ७ का फोर्ड फोफोनाले खेलको ५१ मिनेटमा र जर्सी नं. ११ का आदित्य शाक्यले ८६ औँ मिनेटमा गोल गरेका थिए । यता डाँगीहाटले निकै पोसएटेम गरे पनि गोल भने गर्न सकेनन् ।
यस्तै व्यक्तिगत विधातर्फ म्यान द म्याच सिरहा स्टेफन विनोङ घोषित भए उनलाई नगत पाँच हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
भोली क्वाटर फाइनलको अन्तिम खेल चर्चव्वाईज युनाईटेड र आयोजक जिल्ला फुटबल सङ्घ भोजपुर बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् ।
भोजपुर रंगशालामा सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएको छ ।
Discussion about this post