इलाम– इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन।
प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित भएका थिए ।
सुहाङसंगै चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात ११ हजार ४५७ मत पाए। यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन ।
Discussion about this post