मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् । वाहाँको स्वस्थ्य अवस्था तत्काललाई खतरामुक्त छ कँडेलले भने ।
नेता कँडेलका अनुसार मुम्बईमा भण्डारीको आज नै दुईवटा शल्यक्रिया गर्ने तयारी गरिएको छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने कँडेलले जानकारी दिए । नेपाली कांग्रेसका नेता कँडेल भण्डारीसँगै मुम्बईमा छन् ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।
उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरको भेन्टिलेटरमा छन् । सुनिल केस्वानीले र साढे ११ बजे डाक्टर सन्दीप मिस्त्रीले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।
Discussion about this post