Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने अभिव्यक्ति दिएको भन्दै डिल्लीराम खनाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले खनाललाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।
सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् ।
एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए।
विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्यालले जानकारी दिएका छन् ।
Discussion about this post