झापा । झापाको दमकमा एक छात्रामाथि गोलीप्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारी माथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।
दमक स्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारी माथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोलीप्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन् । उनको हाल अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
यता गोली प्रहार भएको विषयमा घटना बुझ्नप्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरी घटना बुझ्दैछु एसपी केसीले भने ।
Discussion about this post