इटहरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय सचिवमा आरती भट्टराई विजयी भएकी छिन् ।
नेकपा एमालेको विद्यार्थी भातृ सङ्गठन अनेरास्ववियुको २३ औ महाधिवेशनबाट सुनसरीकी भट्टराई निर्वाचित भएकी हुन् । भट्टराई सुनसरी बाट प्रतिनिधित्व गर्ने एकल पदाधिकारीमा हुन् । प्रारम्भिक कमिटी बाट राजनीति सुरु गरेकी भट्टराई सुनसरीकी उदयिमान नेतृ हुन् ।
सुनसरीबाटै अध्यक्षमा लोकेश निरौला, उपाध्यक्षमा एकराज दाहाल, सचिवमा अन्जु पाण्डे र भट्टराईले उम्मेदवारी दिएका थिए । त्यसमध्ये भट्टराई निर्वाचित भएकी हुन ।
Discussion about this post