काठमाडौं । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
गए राति हावाहुरीसँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
घरभित्रै बसेको बेला चट्याङ लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो।
Discussion about this post