ताप्लेजुङ : ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा प्रदेश १–०१–००१ त ९०६९ नम्बरकाे ट्याक्टर दुर्घटना हुँदा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत मानस तामाङ मृत्यु भएको हो ।
खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जानकारि दिएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएका छन्।
घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post