काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा एक युवक मृत भेटिएका छन् ।
पाँचखाल नगरपालिका ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा युवक मृत अवस्थामा भेटिएका हुन् ।
युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
करिब २५ वर्षीय मृतक युवकको पहिचान भने खुल्न सकेको छैन। युवकको २० २५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। अहिले कुकुर सहितको टोली गएर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
Discussion about this post