विराटनगर : कोशीको प्रदेशसभा बैठक बस्न सकिरहेको छैन । बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
बजेट अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । तर , नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दललाई केन्द्रीय पदाधिकारी बैठकले प्रदेशसभा अवरुद्ध गर्न निर्देशन दिएको छ ।
सर्वोच्च अदालतमा सरकार गठनको विषय विचाराधीन रहेको भन्दै केन्द्रीय पदाधिकारी बैठकले प्रदेशसभा अवरुद्ध गर्न निर्देशन दिएपछि प्रदेशसभाको बैठक बस्न नसकेको बताइको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सन्देश लिएर आउँदै गरेको एक सांसदले बताए । कांग्रेस प्रदेशसभा सदस्यहरु सन्देशको प्रतीक्षामा रहेको बताइएको छ।
Discussion about this post