विराटनगर : नेपाल बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार विराटनगरमा प्रभातफेरी निकालिएको छ ।
बिमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले प्रभातफेरीको आयोजना गरेको हो । विराटनगरको तीनपैनीबाट सुरु भएको ¥याली मेनरोड, ट्राफिक चोक हुँदै महेन्द्र चोकमा पुगेर सम्पन्न भएको थियो । ¥यालीमा जीवन बिमा र निर्जीवन बिमा कम्पनीका कर्मचारी, अभिकर्ता र बिमकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बिमासम्बन्धी निबन्ध प्रतियोगितामा विजयी हुने निरज अर्याललाई नेपाल बिमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरे ।
Discussion about this post