काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित उनको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।
सिरोहियाको चुनौती– दुई राहदानी बोक्नेलाई मेरो उजुरी मानेर वारेन्ट जारी होस्
सिरोहियामाथि परेको उजुरीको विषयमा कुनै सोधखोज नै नगरी प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेसँगै कार्यकक्षबाट पक्राउ गरिएको हो ।
कान्तिपुर दैनिकले केही समयअघिदेखि गृहमन्त्री रवि लामिछानेले गरेको सहकारी ठगीको विषयमा निरन्तर प्रमाणसहित समाचार प्रकाशित गरेको थियो । सो दैनिकको समाचारको प्रतिक्रियामा लामिछानेले प्रतिशोध लिनसक्ने संकेत दिएका थिए ।
गोर्खा मिडिया ग्रुपमा गृहमन्त्री लामिछानेसहितको संलग्नतामा ९१ करोड रुपैयाँभन्दा बढी सहकारीको रकम अपचलन भएको समाचार कान्तिपुरले प्रकाशित गरेको थियो । सो समाचारपछि लामिछानेले सामाजिक सञ्जालबाट टिप्पणी गरेका थिए । समाचारको विषयमा प्रतिशोध साधेर गृहमन्त्री लामिछानेले नागरिकताको विषय बनाएर सिरोहियालाई पक्राउ गरेको हो ।
ज्ञानेन्द्र शासनकालमा सञ्चारमाध्यममा समाचार लेखेकै विषयमा जसरी प्रहरी र सेना लगाएर सञ्चार उद्यमी र पत्रकारलाई पक्राउ गरिन्थ्यो, त्यसरी नै अहिले लोकतान्त्रिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वले पनि सञ्चार उद्यमीलाई समाचारको विषयलाई प्रतिशोध साध्नका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको छ । आफूविरुद्धको समाचार प्रकाशित भए सिंगो प्रेसलाई जे पनि गर्न सक्छु भन्ने उद्देश्यले सरकारले एक मिडिया उद्यमीमाथि धरपकड गरेको छ ।
कुनै व्यक्तिको विषयमा उजुरी परेपछि सुनुवाइको मौका पनि नदिई पक्राउ गरिएकामा कान्तिपुरका अध्यक्ष सिरोहियाले आक्रोश पोखेका छन् । हिजो तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईको लेख कान्तिपुर दैनिकमा प्रकाशित गर्दा जसरी पूर्वराजा ज्ञानेन्द्र शासनकालमा मिडिया उद्यमी सिरोहिया र सम्पादकलाई पक्राउ गरिएको थियो, आज त्यसैगरी प्रचण्ड नेतृत्वको सरकारमा रहेका गृहमन्त्री लामिछानेले सोही प्रक्रिया अपनाएका छन् । मिडियाको चिरहरण गर्ने उद्देश्यले यो सरकार लागेको धेरैले टिप्पणी गरेका छन् ।
कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेर लैजाने क्रममा सिरोहियाले आफूमाथिको पक्राउलाई नवअधिनायकवाद भनेका छन् । उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको बताए । ‘यस देशमा कानुन छ भने दुईवटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ, मलाई गिरफ्तार गरिएको नागरिकता काण्डमा होइन, सहकारीको ठगीकाण्डका विरुद्ध समाचार लेखेकामा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’
उनले सरकार र गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाएको समेत बताए । ‘कुनै मान्छेलाई कुनै उजुरी पर्दैमा कार्यकक्षबाट प्रक्राउ गरिन्छ, तपाईं हामीले २०६२(२०६३ सालमा लडेर, ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्र-गणतन्त्र यही रहेछ भन्ने कुरा माननीय गृहमन्त्रीज्यूबाट थाहा भयो, कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ रु मलाई सोधपुछ हुँदैन रु त्यसो भए त माननीय गृहमन्त्रीज्यूका दुईवटा पासपोर्टको मुद्दा छ, यसलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु,’ सिरोहियाले भने, ‘उहाँ ९रवि०का दुईवटा पासपोर्ट छन् महान्याधिवक्तालाई यो मुद्दा फिर्ता लिने अधिकार छैन ।’
आफूमाथिको नागरिकता छानबिनको विषयमा राज्यलाई सहयोग गर्दा पनि गृहमन्त्रीविरुद्ध समाचार लेखेको प्रतिशोधका आधारमा प्रक्राउ गरिएको उनले दोहो¥याए ।
‘ममाथिको छानबिनको कुरा छ, मैले भन्दै आएको थिएँ, म सघाउँछु, म यस मुलुकको नागरिक हो, सबै कुरामा राज्यलाई सघाउँछु, तर हचुवाका भरमा नवअधिनायकवाद देखिएको छ, यो तपाईं हामीमाथि र प्रेस स्वतन्त्रतामाथिको कुठराघात हो,’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले भने, ‘मलाई कार्यकक्षबाटै गिरफ्तार गरेर लगिँदै छ, यसका विरुद्ध म अन्तिम समयसम्म लडाइँ लड्नेछु, तर यो देशमा कानुन छ भने दुईवटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ ।’ उनले नागरिकता छानबिनको बहाना बनाएर सहकारी ठगीकाण्डविरुद्ध समाचार लेखेकोमा गिरफ्तार गरिएको प्रस्ट्याए ।
सिरोहिया पक्राउको विषयमा कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको भन्दै भत्र्सना गरेका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनका मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्छु, सञ्चार क्षेत्रमा उनको योगदान अद्वितीय छ,’ निधिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘तत्काल उनको रिहाइ होस् ।’
त्यस्तै, नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गरेको जनाएको छ । अध्यक्ष सिरोहियाको पक्राउलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र नभएको पुष्टि गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘प्रतिष्ठित सञ्चारगृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ, मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ,’ महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको पड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ ।’
नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरी तत्कालीन राजा ‘ज्ञानेन्द्रपथ’ अनुसरण गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै अध्यक्ष सिरोहियाको गिरफ्तार गर्नु राम्रो नदेखिएको भन्दै आपत्ति जनाएका छन् ।
‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ भट्टराईले भनेका छन्, ‘झन् विडम्बनाको कुरा त के भने माओवादी जनयुद्धका बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं, आज उनै प्रचण्ड ज्ञानेन्द्रका ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।’
सिरोहिया पक्राउ प्रतिशोधपूर्ण :पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको ठहर गरेको छ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण’दयगत निरन्तर समाचार पक्राशित गरेकै कारण सिरोहियालाई पक्राउ गरिएको महासंघको ठहर छ ।
‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार नगर्ने विज्ञप्तिमा उल्लेख छ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
Discussion about this post