चैनपुर । सङ्खुवासभाको तुम्लिङटारमा रहेको नवदृष्टि आँखा अस्पतालले सङ्खुवासभाको शारदा माध्यमिक विद्यालयमा निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
चैनपुर नगरपालिका १० मा रहेको शारदा माध्यमिक विद्यालयसगँको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो ।
स्कुल अध्ययन गर्दै गरेका विद्यार्थीहरूको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको अस्पतालका अध्यक्ष वरिष्ठ दृष्टि विशेषज्ञ राकेश थापाले बताए ।
आँखा शिविरमा ५०० जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा दृष्टि दोष , मांसपेसीको समस्या एलर्जी देखिएका ५२ जना बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल , आँखा उपचार केन्द्र तुम्लिङटार रेफर गरिएको थियो ।
१६ जना शिक्षक शिविरमा शिक्षिकाहरूको पनि आँखा जाँच उक्त शिविरमा गरिएको थियो ।
पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् ।
आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नवदृष्टिले पूर्वी पहाडी जिल्लाहरू,सङ्खुवासभा,भोजपुर,धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दै आएको जनाएको छ ।
परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुरदष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै बिद्यार्थीहरुमा देखिएका यस्ता रोगहरुहरुले भविष्यमा जटिल समस्या समेत निम्त्याउन सक्ने भएकाले वेलैमा सचेत भएर उपचार गराउनुपर्ने दृष्टि विशेषज्ञ राकेश थापाले बताए ।
Discussion about this post