विराटनगर । माेरङकाे कटहरीमा रहेको सुखानी खाेलामा नाबालिकाकाे शव फेला परेकाे छ ।
प्रहरीका अनुसार अघिल्लो दिन घरबाटै बेपत्ता भएकी कटहरी गाउँपालिका-५ का धर्म झाँगडकी ७ वर्षीया छाेरी पृति झाँगडकाे खाेलामा डुबेर मृत्यु भएकाे अवस्थामा भाेलिपल्ट शव भेटिएको हाे । अभिभावकलाई नभनिकन पृति आइतबार दिउँसो ३ बजेदेखि घरबाट हिँडेकाे खुलेको माेरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार खाेजी गर्ने क्रममा कटहरी-५ स्थित सुखानी खाेलामा साेमबार दिउँसो शव फेला परेको हाे ।
शवलाई पाेस्टमार्टमका लागि विराटनगरकाे काेशी अस्पतालमा लगेर घटनाकाे अनुसन्धान सुरु गरिएको बस्नेतले बताए । उनका अनुसार खाेलामा डुबेर बालिकाको मृत्यु भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
तत्काल हेर्दा घटना शंकास्पद नदेखिएको र अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ने जानकारी बस्नेतकाे भनाइ छ ।
Discussion about this post