इटहरी / सुनसरीको इटहरीमा गणतन्त्र दिवसको अवसरमा प्यानल विमर्श सम्पन्न भएको छ । ‘गणतन्त्रको मर्म, वर्तमान अवस्था र यसको भविष्य’ भन्ने विषयमा प्यानल विमर्श कार्यक्रम सम्पन्न भएको हो । इटहरीको जनता बहुमुखी क्याम्पसमा इटहरी लेडी जेसिजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सप्तकोसी विकास बैकंका कार्यकारी निर्देशक दिनेश पोख्रेल उद्यमी तथा व्यवसायी विनोद पौडेल,नेकपा एमाले सुनसरी सदस्य राजनीतिज्ञ होम नाथ धमला, नेपाली काँग्रेस इटहरी नगर सचिव मन्दिप भट्टराई , शिक्षाविद् तथा राजनीतिज्ञ रिता न्यौपाने लगायतका वक्ताहरूबिच बिचार विमर्श गरिएको थियो भने सहजीकरण इटहरी लेडि जेसिजकि पूर्व अध्यक्ष जेसी भेषजा काफ्लेले गर्नु भएको थियो।
कार्यक्रममा गणतन्त्र ल्याउनुको उद्देश्य र यसको हालको उपलब्धिका बारेमा चर्चा गरिएको थियो ।
इटहरी लेडि जेसिजको वर्ष २०२४ को वार्षिक कार्य योजनामा भएको कार्यक्रम अन्तरगत समाजका परिवर्तनका संवाहकका रूपमा रहेका कलेज पढ्ने उमेर समूहका विद्यार्थीहरूलाई चेतना प्रदान गर्दै जेसिज प्रति सकारात्मकता ल्याउन एउटा पहल होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको इटहरी लेडी जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले बताइन् ।
सबै क्षेत्रका ब्याक्तिहरुलाइ समेटेर बहस गर्दा प्रतिनिधि मूलक बिचार बाहिर आउँछ भन्ने उद्देश्यले कार्यक्रम गरिएको समेत अध्यक्ष काफ्लेले बताइन् ।
Discussion about this post