गाईघाट । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला नजिकै सिरुटारमा सोमबार हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
काठमाडौँबाट इटहरी आउँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस सडकमै पल्टिदा त्यसमा सवार १४ जना यात्रुहरूमध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा सुनसरी रामधुनी २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, हायसका सह चालक सुनसरी जिल्ला इटहरी उम नपा १७ कान्छी चोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकी, सुनसरी जिल्ला रामधुनी नपा १ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारी, मोरङ रतुवामाई नपा ५ घोपाबाद बस्ने वर्ष ४५ को होमनाथ अधिकारी छन् ।
यसैगरी सुनसरी जिल्ला इटहरी ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे, रामधुनी ४ लालपुर बस्ने वर्ष ७० को राधा कार्की, रामधुनी २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की, सोही ठाउँकी वर्ष ७० की अमृतमाया कार्की,चालक सुनसरी जिल्ला रामधुनी ४ मानपुर बस्ने वर्ष ३९ को टङ्क श्रेष्ठ र धरान ५ ठिङ्गाबारी बस्ने वर्ष २९ का डिल्ली कुमार लिम्बु घाइते भएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार थापाले बताए ।
घाइतेहरूको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि थापाले बताए
Discussion about this post