विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका विराटनगरका एक जना पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको दिउँसो १ बजेतिर मृत्यु भएको हो ।
कामतले विराटनगर–७ हरियाली टोलमा मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको बस्नेतले बताए ।उनका अनुसार आगोले शरीरको ७० प्रतिशतजति भाग जलेका कामतको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । यद्यपि, कामतले आफैंलाई आगो लगाउनुको कारण खुलिनसकेको जानकारी डीएसपी बस्नेतले दिए । प्रहरीका अनुसार उनी केही समयदेखि पारिवारिक तनावमा रहेको खुलेको छ ।
Discussion about this post