विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि आज बजेट ल्याउँदै छ । बजेट ३५ अर्ब हाराहारीकाे हुने बताइएकाे छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउन लागिएको हो । बजेट सार्वजनिक गर्नका लागि आज दिउँसाे प्रदेशसभा बैठक बाेलाइएकाे छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट राजस्व बाँडफाँटवापत कोशी प्रदेशले १४ अर्ब ५४ करोड अनुदान प्राप्त गर्नेछ । वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड र सशर्तमा चार अर्ब १६ करोड , विशेष अनुदान ७८ करोड र समपूरक अनुदान ६५ करोड ५० लाख प्राप्त गर्नेछ ।
संघबाट प्राप्त हुने स्राेतमा वैदेशिक अनुदान र आन्तरिक राजस्व अनुमान थप गरेर सरकारले बजेट ल्याउनेछ ।
Discussion about this post