काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका कोशी, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ।
महाशाखाले दिएको जानकारी अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी र लुम्बिनी एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहद्वमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
साथै महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च हुने भएकाले आवश्यक सतर्कता र सावधानी अपनाउन पनि सबैलाई आग्रह गरेको छ।
Discussion about this post