काठमाडौं । नेपाल सहित विश्वभर आज(विहीबार) विश्व जनसंख्या दिवस मनाइँदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या पाँचअर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसंख्या दिवस मनाउन थालिएको हो ।
विश्वजनसंख्यादिवस मनाइरहँदा विश्वकालागि जनसंख्या मूख्य चुनौतीबन्ने देखिएको छ ।
यद्यपि कुनै देशमाभने जनसंख्या बृद्धिको ऋणात्मक संकुचनअर्को चुनौती बन्दै गएको छ । जनसंख्यावृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विश्व्यापी बहसको विषय बन्दै गइरहेको छ ।
राष्ट्रिय तथ्यांककार्यालयकाअनुसार नेपालको जनसंख्या करिव तीन करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै रहेको छ ।
पछिल्लो दशकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । योजनसंख्या बृद्धिदर त्यतिधेरै चुनौतीको बिषय त होइन तर जनसंख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकाले नियन्त्रणमा ध्यान दिनु जरुरी रहेको बताइन्छ ।
संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार विश्वको जनसंख्या आठ अर्ब पुगेको छ ।सन् २०२२ मा नै विश्वको जनसंख्या आठ अर्ब पुगेको थियो ।
Discussion about this post