धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका समर्थक समीर तामाङसहित नौ जनालाई प्रहरीले प्रकाउ गरेको छ । स्वतन्त्र नागरिक समाजका उपाध्यक्षसमेत रहेका राईसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गत असार २० गते जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सञ्जिता धमलाले दिएको अभिव्यक्तिबाट सुरु भएको विवादले अहिले धरान अशान्त बन्दै गइरहेको छ ।
यसैबीच धरानबाट अहिलेसम्म आठ जनालाई पक्राउ गरिएको छ भने स्वतन्त्र नागरिक समाजको उपाध्यक्ष तामाङले मंगलबार गिरफ्तारी दिएको प्रहरीले जनाएको छ ।
तामाङले आज (मंगलबार) बिहान पत्रकार सम्मेलनको आयोजना गरी गिरफ्तारी दिने घोषणा गरेका थिए । दिउँसो ३ बजे धरानको भानुचौकमा विरोधसभा स्थलबाट तामाङले सम्बोधन गर्दैगर्दा प्रहरीेले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा पठाइएको धरान प्रहरीको भनाइ छ ।
धरानको पछिल्लो घटनामा इलाका प्रहरी कार्यालयको गेट तोडफोड गर्ने समूहलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्म थप सात जनामाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको छ ।
प्रहरीले २१ जनामाथि उजुरी परेको बताएको छ । तर यसबारे कोको छन् भन्ने खुलाइएको छैन । प्रहरीका अनुसार हालसम्म पक्राउ
पर्नेहरूमा फूलमाया मगर, मुना राई, प्रमिला राई, चन्द्रकला थेबे, शर्मिला राई, पूर्ण बान्तावा, सिर्जना बेघा र संगीता राई रहेका छन् । मंगलबार तामाङ पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या नौ पुगेको छ।
जसमा समीर तामाङ, सिर्जना बेघा र पूर्ण बान्तावालाई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद २६ को दफा २८५ बमोजिमको अपराधिक उपद्र गर्न नहुने र अन्य ६ जना लाई मुलुकी अपराध संहिता २०७४ को भाग २ परच्छेद ५ को दफा ११८ बमोजिमको अभद्र व्यवहार गर्न नहुने भन्ने कसु्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post