काठमाडौँ ।सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
शनिबार काठमाडौंको भद्रकालीमानेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन् ।
सहभागीहरुले देशको आवश्यकता गाँजा वैधानिकता,गाँजा ज्ञान हो,संस्कृति हो,परम्परा हो,बाकसमा फर्किने कि जडिबुटी रोप्ने?गाँजा सबको साझा लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।
उनीहरूले साउन २१ गते हुने सुनुवाइ मार्फत नै फैसला दिनुपर्ने माग राखी दर्शनको आयोजना गरेका हुन् । सहभागीका अनुसार प्रदर्शन २१ गतेसम्म चल्नेछ ।
Discussion about this post