काठमाडौँ । काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधवार बिहान बल्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
मङ्गलवार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारा डुबानमा परेको छ ।
Discussion about this post