इटहरी / इटहरीका एक पुरुष मृत फेला परेका छन् । काठमाण्डौंको नयाँ बसपार्कमा ती पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
केही महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र इटहरी उपमहानगरपालिका १३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले पुष्टि गरे ।
शवको प्रकृति हेर्दा उनको केही दिनअघि नै मृत्यु भएको हुनसक्ने उनले जनाए । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post