उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ भचुवाका २७ वर्षीय बिनोद पौडेललाई आफ्नै श्रीमती २० वर्षीया युनिषा खत्री पौडेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
खाना खाएर बेलका नगरपालिका ६ स्थितमा रहेको जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा सगैं घाँस काट्न गएको अवस्थमा पौडेलले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमतीलाई खुकुरी प्रहार गरी आफैँले हत्या गरेको जानकारी गराएपछि हत्या गर्ने पौडेललाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले घटनामा प्रयोग गरेको खुकुरीसहित पक्राउ गरेको हो ।
Discussion about this post