सुनसरी । सुनसरी र पाँचथरबाट चोरीका मोटरसाईकल,सामान सहित १७ जना पक्राउ परेका छन । पाँचथर प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका आठ जनालाई चोरीका मोटरसाइकल र तिनका पार्टपुर्जा सहित पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट नियमित मोटराइकल हराएका उजुरी पर्न थालेपछि प्रहरीले छिमेकी तेह्रथुमको आठराई गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा फिदिम १ मा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय वीरेन्द्र राना, इलाम फाकफोकथुम २ घर भई तेह्रथुमको आठराईमा दुग्ध डेरी सञ्चालन गर्दै आएका तारा बस्नेत, आठराई गाँउपालिका ४ तेह्रथुम बस्ने एकमान दियाली, पबिन इङनाम, वासुदेव तामाङ, सुरज पुर्वछाने मगर, शिवकुमार तामाङ र श्रीप्रसाद तामाङ छन् ।
उनीहरुको साथबाट चोरीका ७ थान मोटरसाइकल र तिनका पार्टपुर्जा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख ९डीएसपी० हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबै युवक १९ देखि २८ वर्ष उमेर समूहका छन् ।
उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी इन्जिन, पार्टपुर्जा र नम्बरसमेत परिवर्तन गरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेकामध्ये केही मोटरसाइकलको स्वरुप नै परिवर्तन गरेर बिक्री गरेको पाइएको छ । पक्राउ परेकामध्ये केही मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । केही भने अनुसन्धानको प्रकृयामा छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको पनि खतिवडाले जानकारी दिए ।
यता सुनसरीको बराहक्षेत्र नगरपालिका(३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र(१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान(४ का २८ बर्षीय विश्वराज राई र धरान(१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन ।
अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान(११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १(०२(०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को। ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।यसैबिच धरानमा प्रहरीले गाडीहरुमा प्रयोग हुने ब्याट्री चोरी गर्ने गिरोह र खरिद गर्ने कबाड सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ ।
धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देउकुमार लिम्बूका अनुसार उनीहरुलाई आइतबार नै सुनसरी जिल्ला अदालतमा म्याद थप गर्न लगिएको छ । म्याद थप गरेर ल्याइसकेपछि मात्र उनीहरुको नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
धरान–५ देउरालीमा गाडीको ब्याट्री चोरी भएको जानकारी अस्थायी प्रहरीचौकीमा दिएपछि चोर पक्राउ परेलगत्तै थप अनुसन्धान गर्दा ठूलै गिरोह रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । सीसीटीभी फुजेटबाट चोरी गर्दै गरेको देखिएपछि चोर पत्ता लागेको थियो ।
चोरहरुले ट्याक्टर, टिपर, बस, ट्रक, टेम्पो, सफारीलगायतका सवारीसाधनहरुको ब्याट्री चोर्ने गरेको ती ब्याट्री सस्तोमा कबाडवालालाई बेच्ने गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।उनीहरुले चोरी गरेको ठूलो परिमाणको ब्याट्री पनि प्रहरीले बरामद गरेको छ । गाडीका ब्याट्री चोर पक्राउ परेको जानकारी पाएपछि थुप्रै पीडितहरु प्रहरीमा पुगेका थिए ।
Discussion about this post