कालिकोट कर्णाली प्रदेश योजना आयोगको सदस्य पदमा रास्कोट नगरपालिका ३ का अशोकनाथ योगी नियुक्त भएका छन्। विगत ३ दशक लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएका योगी प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्त भएका हुन् ।
सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्ष समेत रहेका योगीले विगतमा सन् १९९८ देखि विभिन्न क्षेत्रबाट सामाजिक परिवर्तनमा योगदान पुर्याउदै आएका छन् ।
उनले विकास निर्माण सँगै सुशासन स्थापना, सामाजिक विकृति विसङ्गतिको अन्त्य, कमिसनमा आउने योजना अन्त्य गरी कर्णाली वासीको जीवन स्तर उकास्ने कुरामा ध्यान दिने बताएका छन् ।
सदस्य पदमा नियुक्त भएका योगीले कोही कसैको प्रलोभन र दबाबमा नपरी समग्र कर्णाली वासीको जीवनस्तर उकास्ने तर्फ आफू लाग्ने बताएका छन् ।
नेपाली काँग्रेस पाटीका तर्फबाट नेपाली काँग्रेस का युवा नेता केन्द्रीय सूचना,सञ्चार तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य र लोकतान्त्रिक गैह्र सरकारी संस्था महासङ्घको केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ दर्जन भन्दा बढी सञ्जालमा रहेका काम गरी अनुभव बटुलेका योगीको क्षमता र योग्यता र योगदानको कदर गर्दे कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।
आफू यो पदमा रहँदा ईमान्दारिताका साथ रातदिन खटेर कर्णालीको मुहार फेर्नका लागि सरकारलाई सफल बनाउन सरकारको अग्रसरता र प्राथमिकतामा विभिन्न निकायसँग समन्वय गरेर अगाडि बढ्ने योगीले बताए । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैले एक आपसमा हातेमालो गरी सकारात्मक सोचका साथ रचनात्मक सुझाव सल्लाह दिन समेत योगीले आग्रह गरेका छन् ।
Discussion about this post