इटहरी : सुनसरीमा टाउको नभएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको सोमबार (आज) टाउको नभएको अवस्थामा शव फेला परेको हो ।
गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव भेटिएको सुनसरी प्रहरी प्रमुख, एसपी विपिन रेग्मीले जानकारी दिए ।
ऋषिदेवको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । शव भेटिएपछि घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post