विराटनगर । प्रदेश १ को नामकरणको विषयमा प्रदेशसभामा बहस भइरहेका बेला प्रदेशसभा भवन बाहिर विभिन्न जातीय संगठनमा आबद्ध पहिचान पक्षधरहरुले प्रदर्शन गरेका छन् ।
लिम्बूवान किरात संघर्ष समितिले प्रदेशसभा भवनभन्दा केही पूर्व देवकोटा चोकमा नारा जुलुससहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले पहिचानवादी एक हौं, कोशी प्रदेश मान्दैनौं जस्ता नारा लगाएका थिए ।
त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ ।
नामाकरण टुंग्याउने क्रममा प्रदेशसभाको बैठक जारी छ ।
Discussion about this post