उदयपुर । उदयपुर उद्योग वाणिज्य संघ कटारीको अध्यक्षमा राजेन्द्र राउत चयन भएका छन् । बुधबार सम्पन्न संघको १६औं विशेष साधारण सभा तथा अधिवेशनको वन्द सत्रले राउतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको सचिवको जिम्मेवारी जीवनाथ दाहालले पाएका छन् । अन्य पदाधिकारीहरुका विषयमा छलफलपछि टुंगो लगाइने सचिव दाहालले बताए । सर्वसम्मत चयन भएका सदस्यहरुमा अरुणकुमार साह, महेन्द्रलाल दास, मुनाकुमारी कटुवाल, जमानसिंह बस्नेत, रामकुमार चौधरी, रुदबहादुर खत्री, द्वारिका बस्नेत, शंकरबहादुर कटुवाल छन् ।
त्यसैगरी वंशिधर न्यौपाने, एकलाख हुसेन, आनन्दकुमार महासेठ, प्रताप श्रेष्ठ, शैलेश कार्की, पदमराज कायस्थ, शत्रुधन कार्की, मोहनकुमार कार्की, नुडुल हसन, दिनेश्वर साह र निर्मला कार्की सदस्य चयन भएका छन् ।
संघको वन्द सत्रले संशोधन सहितको विधानको मस्यौदा पारित गरेको छ । पारित विधानअनुसार संघलाई चलायमान बनाउँदै लैजाने नवनिर्वाचित अध्यक्ष राउतले प्रतिवद्धता जनाए ।
नवनिर्वाचित कार्यसमितिलाई कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिए । गत फागुन १ मा संघको १६ औं साधारण सभाको उदघाटन समारोह सम्पन्न भएको थियो ।
त्यसपछि भएको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्न सकेको थिएन । यस क्षेत्रमा लामो समय व्यवसाय गर्दै आएको तथा प्रतिष्ठित व्यवसायी भएकाले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको संघका निवर्तमान अध्यक्ष पुष्कर खड्काले बताए ।
Discussion about this post