Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । सरकारले सरकारी कर्मचारीको खाजा खाने समय घटाएको छ । निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा खाजा खाने समय आधा घण्टामात्रै तोकेको हो ।
सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।
गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म तोकिएको छ । यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समय कार्यालयले नै निर्णय गर्दै आएको थियो ।
उक्त कुरामा एक रुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म पनि काम नगरेको सेवाग्राहीबाट आलोचना हुने गरेको थियो ।
सेवाग्राहीबाट आएको उक्त आलोचनाको सम्बोधन गर्नुका साथै सबै सरकारी कर्यालयहरुको नियममा एकरुपता ल्याउनका लागि उक्त निर्णय गरिएको बताइएको छ ।
Discussion about this post