इटहरी/ सुनसरीको इटहरीमा रहेको महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्षतामा दिपेन्द्र घिमिरे चयन भएका छन् ।
समितिका अध्यक्ष टंक पौडेलको कार्यकाल सकिएको १० महिना बित्दा पनि दलहरुबीच सहमति हुन नसकेपछि व्यवस्थापन समिति गठन हुन सकेको थिएन ।
सबै दलहरु जुटेर सहमति गरेपछि समिति गठन गरिएको हो ।
२०५९ सालमा शिक्षक अभिभावक संघका सस्थापक अध्यक्ष समेत भएका सोही विद्यालयका पूर्व विद्यार्थी घिमिरे नयाँ व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन् ।समितिका सदस्यमा कमला दाहाल, झपटमान दाहाल, गोमा कार्की, चम्पामाया बिक र टिकाराम धमला छन् । २०३४ मा स्थापना भएको विद्यालयमा हाल ५ सय २५ जना बिद्यार्थीहरु अध्यननरत छन् ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले विद्यालयको अवस्थामा धेरै सुधार ल्याउने गरी काम गर्ने बताए । उनले उक्त विद्यालयलाई जिल्लाकै नमुना बनाउने पनि बताए ।
नयाँ शैक्षिक शत्रदेखि प्राविधिक शिक्षा र कृषि शिक्षा अध्ययन गराउने व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए ।
१ कक्षा देखि ५ कक्षासम्म पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउने व्यवस्था गर्ने र विद्यालयमा हाल भएको संरचनाहरुमा सुधार गरी नया संरचना निर्माण गर्ने पनि उनले उल्लेख गरे ।
Discussion about this post