धरान : उर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले मिडियामुखी हुनु राम्रो नहुने बताएका हुन् ।
बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान १ मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मिडियामुखी हुन नहुने र व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने उनले बताए ।
उनले विगतको भन्दा वर्तमान सरकारले छिटो परिवर्तन गरिरहेकोसमेत दाबी गरे ।
उनले एक फरक प्रसङ्मा संविधानले जातजाती, धर्मसंस्कृति आदि सबैलाई समेटे पनि केही संसोधन गर्नुपर्ने भएकाले वर्तमान सरकारले यसतर्फ पनि सोचेको बताए ।
उनले बर्खाको बेलामा बाढीले धनजनको क्षति हुने भएकोले बाढी आउनुभन्दा अघि नै प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘उद्योग कलकारखानाहरूको विद्युत सबै एकैपटक कटाउँदा मजदुरहरूमाथि समस्या हुने भएकाले उद्योगबाट उत्पादन हुने समानहरूको अभाव हुन्छ । उद्योग, कारखानामा जडान गरिएका विद्युतको पैसा छुट गर्नका लागि सरकार प्रतिबद्ध छ ।’
कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले केही स्थानहरूमा हाइटेन्सन लाइनले मानव बस्तीमा असर पर्ने भएकाले स्थानान्तरण गर्नुपर्ने बताए ।
यसैगरी कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले धरान आसपासमा रहेका खहरे खोलाहरूबाट बस्तीमा बाढी पस्न नदिन सरकारको ध्यानाकर्षण गराए ।
हाइटेन्सन लाईन व्यवस्थापन, सडक बत्तीको महसुलmगायत धरानमा बाँदरको समस्यासहित मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाए ।
उद्योग वाणिज्य सघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठलेसुनसरीका व्यापारीहरुको समस्याहरूबारे पनि ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका महामन्त्री उमेश थापा, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायत अन्य विभिन्न राजनीतिक दलहरूबाट प्रतिनिधि सहभागी थिए ।
Discussion about this post