इलाम : स्टडी पार्क इलाम शाखाको आयोजनामा इलामा एक दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ । विदेश अध्ययनमा अपनाउनु पर्ने सचेतना र अध्ययन पछि रोजगारीको अवसरका विषयमा चर्चा भएको थियो ।
कार्यक्रममा जिल्लाका ५० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको पार्क शाखा प्रमुख दिलीप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परामर्श कार्यक्रममा राम क्षेत्री, तीर्थ जोसि, सन्नी दासले वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अपनाउनु पर्ने प्रक्रिया, शैक्षिक योग्यता र रोजगारका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा पार्कका बिर्तामोड प्रमुख उदय काफ्ले, भुवन बुढाथोकी, किशोर ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पार्कका सहजकर्ता सरोज पौडेलले गरेका थिए ।
पार्कमा हाल जापान, दक्षिण कोरियाको लागि कक्षा सञ्चालन भइरहेको छ । युरोपियन देशका लागि समेत विद्यार्थी पठाउनका लागि पहल भइरहेको जनाइएको छ ।
पछिल्लो समय विदेश अध्ययन गर्न चाहने युवायुवतीको सङ्ख्या वृद्धि भइरहेको छ । युवायुवतीको चाहानालाई मध्यनजर गरेर स्टडी पार्कले विभिन्न देशमा अध्ययन गर्न चाहानेहरुलाई शैक्षिक परामर्श दिँदै आएको छ ।
Discussion about this post